
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा पेसी चढेको छ ।
गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेसी तोकिएको थियो ।
पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेपछि उनले नेपाली राष्ट्रिय टोलीमा खेलिरहेका छन् । आज पनि उनी एसीसी प्रिमियर कपअन्तर्गत साउदी अरेबियासँगको खेलमा उपलब्ध हुनेछन् ।