९ बैशाख २०८२, मंगलवार

तनहुँ मतगणना अपडेट : स्वर्णिम वाग्लेले १५ हजार मत कटाए, गोविन्द पौडेल ६,४०१ मतले पछाडि

tana

तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएसँगै अग्रता बढाउँदै लगेका छन् ।

दिउँसो ३ बजेसम्मको मतपरिणामअनुसार वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ६ हजार ४०१ मतले अगाडि छन् ।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।

१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ–१ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । उपनिर्वाचन भएका बारा–२ र चितवन–२ मा पनि मतगणना जारी छ ।

    सम्बन्धित समाचार...