१० बैशाख २०८२, बुधबार

प्राविधिक समस्या हल भएपछि पाइलटले दुबई उडानलाई दिए निरन्तरता

fly dubai 1

काठमाडौं विमानस्थलबाट उडान भर्ने बित्तिकै एउटा इन्जिनमा आगो देखिए पनि फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ । विमानमा देखिएको प्राविधिक समस्या हल भएपछि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।

सहप्रवक्ता ज्ञानेन्द्र भूलले भने, ‘एउटा इन्जिमा समस्या आएको थियो । धार्केमाथिको आकासमा विमान केही समय होल्ड गरिएको थियो । दुवै इन्जिनले काम गर्न लागेपछि फाइलटले विमानलाई गन्तव्यतर्फ अगाडि बढाइसक्नु भएको छ । अहिले विमान भारतको आकासमा उडिरहेको छ ।’

उक्त विमानमा चालक दलका सदस्यसहित १७५ जना सवार थिए ।

पाइलटले भने- जहाज सुरक्षित छ

फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।

उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी गरेको अनुमान छ । जहाज भैरहवाबाट पार भइसकेको छ ।

    सम्बन्धित समाचार...