१० बैशाख २०८२, बुधबार

सरकारलाई समर्थन दिइरहनुको औचित्य छैनः रवी लामिछाने

rabi 1

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका छन् ।

उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेका छन् । पछिल्लो मतपरिणामअनुसार निकतटम् प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ३६ हजारभन्दा बढी मतले पछि पारेका लामिछानेको जित निश्चित जस्तै बनेको छ ।

यसक्रममा चितवनमा पत्रकारसँगको कुराकानीमा उनले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने जनाएका हुन् ।

वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ ।

उपनिर्वाचनमा जित नजिक पुगेका उनले भ्रष्टाचारविरुद्ध शसक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको उल्लेख गरे । लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा उभिन सक्ने सरकारमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने दाबी गरे ।

यसअघि गत वर्षको मंसिर ४ मा सम्पन्न निर्वाचनमा समेत उनी यसै निर्वाचन क्षेत्रबाट भारी मतान्तरका साथ निर्वाचित भएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन भएको हो ।

    सम्बन्धित समाचार...