११ बैशाख २०८२, बिहीबार

मंसिरमा आफैले पाएको मतलाई पनि उछिने रविले

rabi 1

चितवन -२ का रास्वपा उम्मेदवार रवि लामिछानेले मंसिर ४ मा भएको निर्वाचनमा प्राप्त गरेको मतलाई समेत उछिनेका छन् ।

गत निर्वाचनमा लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गरेका थिए भने उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए ।

यस उपनिर्वाचनमा करिब १५ हजार मत गणना बाँकी रहँदा लामिछानेले ५० हजार मत कटाएई सकेका छन् ।

भर्खरै सार्वजनिक मत परिणम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरि आफ्नो जित पक्का गरेका छन् ।

लामिछानेलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठले ९ हजार १६५ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् ।

यहाँ लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८ सय ६४ पुगेको छ ।

    सम्बन्धित समाचार...