१२ बैशाख २०८२, शुक्रबार

बदलिदो समय अनुसार पार्टीमा रूपान्तरण जरूरीः महामन्त्री शर्मा

bishow prakash
फाइल फोटो

प्रतिनिधि सभा उपचुनावमा नेपाली कांग्रेसबाट कमान्डर बनेका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

चितवन २ र मंसिर ४ को चुनावमा कांग्रेसले नै जितेको तनहुँ १ मा पराजित भए पछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् ।

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ ।’ महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’

उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये कांग्रेसले चितवनमा महामन्त्री शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई चुनावी कमान्डर बनाएर खटाएको थियो । तर दुवै क्षेत्रमा कांग्रेसले लज्जास्पद हार व्यहोरेको छ । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।

    सम्बन्धित समाचार...