
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आज मेघगर्जनसहित हल्का तथा क्षणिक वर्षा हुने छ ।
यसका साथै मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि क्षणिक वर्षाको सम्भावना छ।
राति कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ । महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
भोलि (शुक्रबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ ।
राति आंशिक बदली भइ गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का तथा क्षणिक वर्षा हुनेछ ।
शनिबार पहाडी भू-भागका थोरै स्थानहमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
राति गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।