
आंशिकदेखि सामान्य बदली भइ आज देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ। जसका कारण आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
भोलि (आइतबार) पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।
राति पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्क तथा क्षणिक वर्षाको सम्भावना छ।
राति भने पहाडी भू-भागका थोरै तथा तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुनेछ ।