११ बैशाख २०८२, बिहीबार

सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

prac

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार पाँच वर्ष चल्नेमा शंका नगर्न आग्रह गरेका हुन् ।

“सरकार ढल्छ भन्ने कुरा भ्रम हो । तपाईं नोट गर्नुहोला, सरकार यताउति हुन्छ कि भन्ने निकै ठुलो भ्रम हो । यो सरकार पाँचै वर्ष चल्छ,” उनले पत्रकारको प्रश्न जबाफ दिँदै भने ।

अर्को प्रश्नको जबाफमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर त्यहाँ भइरहेको आन्दोलनमा सत्तारूढ दलको संलग्नता नरहेको प्रष्टीकरण दिए ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लक्षित भएको प्रदर्शनमा सत्तारूढ दलका कार्यकर्ताको संलग्नता नरहेको उनको भनाइ थियो ।

“उहाँ पूर्वमा भएको बेला पनि कुरा भएको थियो, केपीजीसँग । के देख्नुभयो भन्दा त्यस्तो त थिएन उहाँको । केहीकेही मानिस पार्टीका पनि त छन् तर बढीचाहिँ विचारसँग असहमत हुने खालका नै मानिस छन् । सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा विल्कुलै होइन । त्यो झुठो कुरा हो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रदर्शनमा पूर्वराजपरिवार त्यसमा आस्था राख्ने मानिस लागेको भन्ने कुराचाहिँ संवेदनशील रहेको उनको भनाइ थियो ।

    सम्बन्धित समाचार...