
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले आज पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
अहिले बिहान देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
भोलि (बिहीबार) पहाडी क्षेत्रका केही स्थानमा र बाँकी भू-भागमा एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
राति पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुनेछ ।
शुक्रबार पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने छ।