
आंशिक मौसम बदली भइ आज कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा मधेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुने छ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि (सोमबार) पनि आंशिक बदली रहनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरी समेत चल्ने महाशाखाको पूर्वानुमान छ ।
मंगलबार पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी भू-भागको मौसम सामान्यत: सफा रहने छ ।
राति भने कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।