
चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नाई उपाधि नजिक पुगेको हो ।
चदम्बरम स्टेडियममा भएको खेलमा पाहुना टोली गुजरातले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।
चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रनको योगफल बनायो । ओपरद्वय रुटुराज गायकवार्ड र डेभोन कन्वेले मिलेर ८७ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाए । गायकवाडले ४४ बलमा ६० रनको अर्धशतकीय पारी खेले । उनको पारीमा सात चौका र एक छक्का समावेश रह्यो । कन्वेले चालिस रनको पारी खेले । मोहम्मद सामी र मोहित शर्माले २ – २ विकेट हात पारे ।
जवाफमा उत्रिएको गुजरात निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ५७ रनको योगफलमा सीमित भयो । सुभम गिल र रासिद खान बाहेक उसका कुनै पनि ब्याटरले राम्रो रन बनाउन सकेनन् । सुभमले ४२ रन बनाए । गिलले सात सय रन पूरा गरेपनि टिमको हार भने टार्न सकेनन् । रासिदले ३० रन जोडे । दिपक चाहर, महिश थिक्सना, रविन्द्र जडेजा र मथिसा पाथिरानाले २ – २ विकेट हात पारे । यो जितपछि महेन्द्र सिंह धोनीको चेन्नाई १० औँ पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।
अब गुजराजले फाइनल प्रवेशका लाथि दोस्रो मौका पाउने छ । दोस्रो क्वालिफायरमा लकनउ सुपर जायन्टस र मुम्बई इन्डियन्सबीचको विजेतासँग गुजरातको प्रतिस्पर्धा गर्नेछ ।