
फाइल फोटो
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले घण्टी, ढोल, मादल बजाउँदै हिड्नेहरू अराजकताका सङ्केत भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घण्टी, ढोल, मादल बजाउँदै हिड्नेहरू अराजकताका सङ्केत भएको बताएका हुन्।
उनले भने, ‘कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्। यो प्रकारको एउटा अवस्था आउँछ। ढोल र घण्टीहरू भनेका अराजकताका सङ्केतहरू हुन्।’