
प्रधानमन्त्री पुष्पकमल दालहालको भारत भ्रमणका दौरान नेपाल-भारतबीच ७ मुख्य सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा ती सम्झौताहरू भएको जानकारी दिइएको हो ।
भारतको हैदरवाद आउसमा गरिएको वार्तामा नेपाल-भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगन्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्याउने सहमति भएको हो ।
त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी-दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडीए गर्ने र फुकोट कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।