
फाइल फोटो
नेकपा एमालेले नेताहरुको जिम्मेवारी व्यापक हेरफेर गर्दै अर्को एक वर्षे अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेले मंगलबार अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी तोकेको हो ।
अन्तरपार्टी निर्देशनमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । यस्तै, प्रदेश, जिल्ला र पालिकाहरुमा इन्चार्ज तोकेको छ ।
पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ भने सचिवहरुलाई प्रदेश इन्चार्ज बनाएको छ ।
जिल्लाको इन्चार्जमा स्थायी कमिटी, पोलिटब्युरो र अपुग भएको स्थानमा सांगठनिक अनुभव भएका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।