९ बैशाख २०८२, मंगलवार

संसदमा अर्थमन्त्री जवाफ: ‘करिब ३ घण्टाको बजेट प्रस्तुतिमा ओलीले २ घण्टा लामो टिप्पणी गरे’

mahat

अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले करिब ३ घण्टाको समयमा बजेट प्रस्तुती सकेको तर प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणीमै २ घण्टा समय बिताएको बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् ।

छलफलमा १५० जना सहभागी भएका थिए । त्यसमध्ये एक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि हुन् । छलफलमा भाग लिँदा उनले करिब दुई घण्टा समय लिएका थिए । यसलाई अर्थमन्त्री महतले सकारात्मक रुपमा लिएको बताए ।

बजेटमा सांसदहरूले गरेको बहसले आफूलाई मिलेको हौसलाले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताएका उनले बजेटमा महत्वपूर्ण कुरा रहेको प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले लिएको समयले पुष्टि गर्ने बताए ।

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो । यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन् । यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ । होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो । त्यस अर्थमा मलाई खुसी लागेको छ,’ मन्त्री महतले भने ।

    सम्बन्धित समाचार...