
गए राती ब्राइटनसँग भएको खेलमा आर्सनलले २-१ को हात व्यहोर्यो । कोविडले रोकिएको खेल १०० दिनको अन्तराल पछी शुरु भएको हो । आर्सनलले आफ्नो पहिलो खेल म्यान्चेस्टर साईटए सँग ३-० ले गुमाएको थियो ।
शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो ।

६८औ मिनेटमा आर्सनलका निकोलस पेपेले गरेको गोलले अग्रता कायम गरेको खेलमा ब्राइटनले ७५औ मिनेटमा बराबरी गरेको हो ।
अधिकांश समय बलमा नियन्त्रण कायम गरेको आर्सनलले मउपेले ९५औ मिनेट मा गरेको गोल निर्णायक रहन गयो ।
४०औ मिनेटमा मउपे र आर्सनलका गोलरक्षक लेनो जुध्दा आर्सनलका गोलरक्षक घाइते भएर मैदान बाहिर जानुपरेको थियो ।

केहि तनाव त्यही समय देखिएको थियो तर खेलको अन्तिम सिट्ठी पछी दुवै क्लब का खेलाडी मैदानमा भिडेका थिए ।

जितसँगै ब्राइटन ३० खेलबाट ३२ अंक जोडेर १५औं स्थानमा उक्लदा आर्सनल ४० अंक जोडेर १०औं स्थानमा झरेको छ ।