
कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै रुष्ट भएकाहरुले फ्रान्सको स्वास्थ्य मन्त्रालय रातो रंगले पोतेर विरोध जनाएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको रगत देखाउन प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरेर सांकेतिक विरोध गरेका हुन् ।
सामाजिक सन्जालमा शेयर गरिएको एक भिडियोमा पीपीई सेट लगाएका र नलगाएका दुई जना व्यक्तिले पेरिसस्थित स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरिरहेका छन् ।
प्रदर्शनकारीले भनेका छन्– हाम्रा स्वास्थ्यकर्मीहरुले जीवन रक्षाका लागि भन्दै आएका छन् तर हाम्रो सरकार सुन्दैन । अस्पतालमा सुविधा छैन । स्वास्थ्यकर्मीसँग उपकरणहरु छैन ।
हालै फ्रान्स सरकारले स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ता दिने घोषणा गरेको थियो तर स्वास्थ्यकर्मीहरुले आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १ लाख ९६ हजार बढी कोरोना संक्रमित छन् भने कोरोना संक्रमणकै कारण २९ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ ।
आन्दोलनकारीहरूले स्वास्थ्य सेवाकर्मीहरूको चिन्ता सुन्न सरकार असफल रहेको छ भनेर प्रकाश पार्न स्वास्थ्य मन्त्रालयको सिंढिमा ‘अवहेलना को पदक’ लेखिएको बिशाल पदक स्वरुपको राखेका ब्यानर राखेका छन ।