७ बैशाख २०८२, आईतवार

नेपाल राम र भारत सीता बिना अधुरो छः मन्त्री किराँती

IMG 20230620 WA0000.jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम र भारत सीता बिना अधुरो छ रहेको बताएका छन्।

मंगलबार लुम्बिनीमा आायेजित अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन क्रममा उनले २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहदै आएको र कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपाल र भारतको सम्बन्ध एक अर्कासँग अटुट रहेको जनाए ।

नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित रहेको बताउँदै मन्त्री किराँतीले नेपाल राम बिना अपूर्ण रहेको र भारत सीता बिना अपूर्ण रहेको उनले बताए ।

मन्त्री किराँतीले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको समेत बताएका छन् ।

उनले भने, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो ।’

उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए । उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणपछि कञ्चनपुरको महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको मन्त्री किराँतीले बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन्।

नेपाल र भारत सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिवद्धता जनाउँदै उनले दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताए। पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुसीको विषय भएको उनको भनाई छ ।

    सम्बन्धित समाचार...