१० बैशाख २०८२, बुधबार

मौसम: पूर्वमा मनसुनी रेखा नेपालतर्फ सर्‍यो, चार प्रदेशमा भारी वर्षाको सम्भावना

weather aajko mausam

हाल सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम धुम्मिएको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदेखि मनसुनी रेखा सरदुर स्थानभन्दा उत्तरतर्फ सरेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिण र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ । उत्तरतर्फ मनसुनी रेखा सर्दा नेपालमा बढी पानी पर्दछ । जसका कारण आज देशका सबै प्रदेशमा वर्षा हुने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

भोलि (मंगलबार) पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

राति पनि धेरै जसो स्थानमा पानी पर्ने छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ ।

राति पनि अधिकांश क्षेत्रमा पानी पर्नेछ भने कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

    सम्बन्धित समाचार...