
वैंसले उन्माद साढे
केहि समय अघि खोरबाट बाहिर निस्केछ क्यारे
हिजो अस्ति अर्को साढेसँग भेट भएछ
निकै हासोंको खित्कासँगै
अर्को साढेलाई गफ दिदै भनेछ
हाम्रो अर्कै समाज रहेछ
हामी जस्तै टन्नै धेरै पो रहेछन्
त्यो त कहाँ खोर हुनु,
हामी जस्तोको लागि विश्वविद्यालय पो रहेछ !!!
बडो खित्का छोड्दै हासेछन्
दुनियाँले तिनका फुक्दै न फुकेको
आकार नै नमिलेको ओठ र
काले खुम्चिएको अनुहार र च्याम्से आँखा
हासोको असरल्ल खित्का
कस्तो नसुहाएको,
ति दुई साढेको उन्माद हासो
तिनका हासो र खिसिटिउरि
अनि उट्पट्यांगले
तिनका घर कै दिदीबहिनी र पत्नी पनि
र गाँउ समाजका धेरै नारीहरू
आफ्नै अस्मिता असुरक्षित रहेको
अनि सधै खुलेआम बलत्कृत पो महशुस गर्दा होलान्
हामीले देखेको साढें
विचरा कलियुगको
श्रीकृष्ण भन्ठानेहोलान् आफैलाई
तिनलाई सधै खोर विश्वविद्यालय बनिरहुन्
तिम्रा मनोकांक्षा पूरा हुन्, हाम्रो शुभकामना!!!
लेखक: योगेन्द्र मान श्रेष्ठ, हाल जापान
