
सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ५६१ पुगेको छ जसमा ८९४ महिला र ८६६७ जना पुरुष रहेका छन् ।
सोमबार कोरोना संक्रमण निको भई ३७० जना डिस्चार्ज भएका छन् जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् | यो सहित कोरोना निको हुनेको संख्या २१४२ जना रहेका छन् जसमा १६१ महिला र १९६१ पुरुष रहेका छन् ।
हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले सो जानकारी दिएका हुन् ।
सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ।
नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको गौतमले जानकारी दिए।