१० बैशाख २०८२, बुधबार

अमर्यादित सांसद, संसदमा अशिष्ट भाषाको प्रयोग बढ्दो

house
फाइल फोटो

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरूले व्यक्त गरेका अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउने क्रम बढ्दो छ । चुनावपछि प्रतिनिधिसभामा ६ जना सांसदले बोलेका कतिपय शब्द असंसदीय भनेर हटाईएको छ । राष्ट्रियसभामा पनि एक जना सांसदले बोलेको शब्द संसदीय मर्यादाबाहिर रहेको भन्दै हटाइएको छ ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरूले व्यक्त गरेका अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउने क्रम बढेको छ । चुनावपछि प्रतिनिधि सभामा ६ जना सांसदले बोलेका कतिपय शब्दहरू असंसदीय भनेर हटाइसकिएको छ । राष्ट्रिय सभामा पनि एक जना सांसदले बोलेको शब्द संसदीय मर्यादा बाहिर रहेको ठानेर हटाइएको छ । नेकपा एमालेका दयालबहादुर शाही, माओवादी केन्द्रका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल, नेपाली कांग्रेसका सुनिल शर्मा र डिल्लीराज पन्तले बोलेका कतिपय शब्दहरू संसदको रेकर्डबाट हटाइएको हो । यस्तै कांग्रेसकै सांसद विनोद चौधरीले बोलेको महिला लक्षित एउटा उखान पनि संसदीय अभिलेखमा नराख्न सभामुखको निर्देशन अनुसार संसद सचिवालयले हटाएको थियो । गत जेठ १० गते प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको सट्टा पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

सांसद दाहालको यो अभिव्यक्तिलाई लिएर एमालेले संसद बैठक नै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका सचेतक र शीर्ष नेतासँग छलफल गरेर दाहालको अभिव्यक्ति हटाउन निर्देशन दिएका थिए । जेठ २२ गते बसेको बैठकमा स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भारतबाट ‘भैंसी चढेर आएको‘ भनेपछि प्रतिनिधिसभामा केही समय तनाव सिर्जना भएको थियो । सत्ता पक्ष तथा प्रतिपक्षी दलका सांसदहरू सवाल–जवाफमा उत्रिए । बैठक नै अवरुद्ध भयो । त्यसपछि सभामुख देवराज घिमिरेले उक्त शब्द रेकर्डबाट हटाउन आदेश दिए ।

बजेटमाथिको छलफलका क्रममा २५ जेठमा कांग्रेस सांसद विनोद चौधरीले धान रोप्ने बेला सरकार मल खोज्न भन्दै ‘जब भयो राति अनि बूढी ताती’ भन्ने उखान प्रयोग गरे । एमाले सांसद दीपा शर्माले महिलालाई अपमान गरेको भन्दै नियमापत्ति जनाइन् र सभामुखले ती शब्दहरू रेकर्डबाट हटाउन निर्देशन दिए ।

जेठ २५ गतेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने उखान प्रयोग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले यो वाक्यले दृष्टिविहीन समुदायलाई चोट पु¥याएको भन्दै संसदको अभिलेखबाट हटाउन माग गरे ।

जेठ ७ गते प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै एमाले सांसद दयालबहादुर शाहीले नेपाली कांग्रेसका संस्थापक नेताहरूको नाम लिएर आलोचना गरेका थिए । जेठ ९ मा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सभामुखको आसनमा बसेर बैठक चलाइरहेकी उपसभामुख इन्दिरा राना मगरलाई उनको दलसँग जोडेर प्रश्न गरेका थिए । २०१६ सालमा प्रतिनिधिसभामा कर्मचारी रहेका पुर्व प्रमुख निर्वाचन आयुक्त सुर्य प्रसाद श्रेष्ठ सांसदहरुलाई संसदमा के बोल्ने के नबोल्ने भन्ने बिषयमा क्लास दिनुपर्ने बताउछन ।

नेपालको संसदीय इतिहासमा संसदमा असंसदीय शब्दको प्रयोग भएका र त्यसलाई हटाइएका उदाहरण छन् । २०१६ सालदेखि नेपालमा संसदीय अभ्यास सुरु भएको मानिन्छ । २०४८ सालको संसदीय निर्वाचनपछिका व्यवस्थापिकामा असंसदीय शब्द प्रयोग हुने र हटाउने अभ्यास निरन्तर छ ।

    सम्बन्धित समाचार...