
पूर्वउपप्रधानमन्ती तथा पूर्वगृहमन्त्री वामदेव गौतमले एक क्विन्टल सुन काण्डमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको कमजोरी देखिएको अभिव्यक्ति दिएका छन् ।
काठमाडौंमा आयोजित शनिबार एक कार्यक्रममा नेता गौतमले यस प्रकरणमा शीर्ष नेताको संलग्नता हुने सम्भावना कम रहेको दाबी गर्दै जिम्मेवारीमा खटिएका भन्सारका कर्मचारी नै मुख्य दोषी रहेको आरोप लगाए ।
गौतमले भने, ‘सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रो उखान छन्, त्यस्तो भएमात्रै मन्त्री, प्रधानमन्त्री मुछिन सक्छन् नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन् ।’
हङकङ जस्तो कडा सुरक्षा भएको ठाउँमा समेत तस्करीको नयाँ सन्जाल भेटिएको उनको भनाइ छ ।
राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सारलाई सुन आउँदै भन्ने जानकारी पहिला नै रहेको दाबी गर्दै उनले भने, ‘भन्सार पनि छलेर बाहिर गइसकेको थियो, यस पटक पनि सबै मिलाएको रहेछ ।’