
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा हाललाई यसै शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिइएको हो ।
यद्यपि स्थानीय निकायहरुले आवश्यकता अनुसार केही खुकुलो भने बनाउन सक्नेछन् । त्यसरि खुकुलो बनाउदा केन्द्रसँग समन्वय भने गर्नुपर्छ ।
कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू भएको लकडाउन असार १ देखि लागू हुनेगरी खुकुलो गरिएको थियो ।
क्रमिक रुपमा खुकुलो बनाउँदै जाने भनिएतापनी दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम हुने भनिएको हाल कायम रहेको लकडाउनको अवधि लम्बिएको छ ।
यो सँगै निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन प्रकृया पनि यथावत रहने छ। त्यस्तै भीडभाड हुने स्थलहरु जस्तै सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द रहने छन्।