
फुटबल एसोसिएसन एफएले म्यानचेस्टर सिटीमाथि १ लाख ५१ हजार ७ सय ४० अमेरिकी डलर जरिवाना लगाएको छ ।
प्रिमियर लिगअन्तर्गत यस महिनाको सुरुवातमा टोटेनह्यामसँगको ३–३ गोलको बराबरीमा सम्पन्न खेलमा रेफ्रीलाई घेरेपछि एफएले सिटीमाथि भारी जरिवाना लगाएको हो ।
डिसेम्बर ३ मा उक्त खेलको अन्त्यतिर सिटीका खेलाडीहरूले रेफ्री साइमन हुपरलाई घेरा हालेका थिए । ज्याक ग्रेलिसले मुभ बनाउने क्रममा अर्लिङ हालान्डलाई फल गर्दै गोल गरेपछि सिटीका खेलाडीहरूले रेफ्रीलाई घेरेका थिए । रेफ्रीले फल दिन अश्विकार गर्दै खेल अघि बढाउन इसारा गरेपछि आक्रोशित सिटीका खेलाडीहरुले हुपरलाई घेरा हालेका थिए ।
खेलको ९४ औं मिनेटमा सिटीका खेलाडीहरुले अनुचित व्यवहार देखाउँदै रेफ्रीलाई घेरेको र त्यसको औचित्य पुष्टि गर्न नसकेका कारण स्वतन्त्र नियामक आयोगको सुनुवाइपछि जरिवाना तोकिएको एफएले जनाएको छ ।