
भारत र चीन बिच भइरहेको सीमा तनावको बिच भारतीय प्रधानमन्त्री मोदी अचानक लेह पुगेका छन ।
यसभन्दा पहिले रक्षामन्त्री राजनाथ सिंहको आज लद्दाखको भ्रमण गर्ने कार्यक्रम थियो तर उनको भ्रमण स्थगित भएपछी सीडीएस रावत एक्लै लेहको भ्रमण गर्न जाँदै थिए । प्रधानमन्त्री मोदी लेह पुग्दा अचानक चकित भए।
प्रधानमन्त्री नरेन्द्र मोदी गलवान झडप भएको १८ दिन पछि अचानक शुक्रबार लेह पुगेका हुन्। त्यहाँ उनले सेना, एयरफोर्स र आईटीबीपीका जवानहरु सँग भेट गरेका छन्।
मोदीको भ्रमण चीनलाई सन्देश दिन र फौंजको हौसला बढाउन भएको नवभारत टाइम्सले जनाएको छ । प्रधानमन्त्री मोदीले ११ हजार फिट उचाईमा रहेको नीमूमा सेनाका जवानका साथै लेफ्टिनेण्ट जनरल हरिंदर सिंहसंग सीमाको अवस्थाको वारेमा जानकारी लिए ।

सिन्धु नदीको किनारमा ११,००० फिटको उचाईमा अवस्थित, यो धेरै मद्य एक विकट क्षेत्र हो।
भारतीय मिडियाका अनुसार उनले त्यसै समयमा उनले सैन्य अस्पतालमा भर्ना सैनिकहरूसँग पनि भेट्ने छन्। उनको साथ प्रमुख चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत पनि थिए ।
भारत र चीनबीच यस क्षेत्रको सीमा रेखामा करीव सात हप्तादेखि तनाव जारी छ। सेना प्रमुख नरवणेले यस अघि २३ र २४ जुनमा लद्दाखको भ्रमण गरेका थिए।
भारतले चीन प्रति कडा रवैया जनाएर चीनिया एपहरु प्रतिबन्ध गरिसकेको छ भने भारतीय प्रधानमन्त्री ले आफ्नो खाता पनि चीनिया एपहरुबाट हटाइसकेका छन् ।