
इण्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।
हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतकको मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्यो । सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित बने ।
तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्माले दोहोरो अंकमा रन बनाउन सकेनन् । इशन किशन ९ र रोहित ४ रनमै आउट भए ।
हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक एक विकेट लिए ।
त्यसअघि मुम्बाईमा ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीन तीन, अंशुल कम्बोज र जस्पृत बुम्राहले एक एक विकेट लिए । मुम्बाई यसअघि नै प्लेआउट भइसकेको छ ।