
नायक अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ हलमा व्यावसायिक सफलता पाइरहेको छ । यो फिल्मले व्यवसायीक सफलता पाउनुमा उनको स्टाडमको पनि मुख्य भूमिका छ ।
पछिल्लो समयमा कथात्मक फिल्मको लहर चलिरहेको बेला त्यसलाई चिर्दै प्रेमकथाको ‘फर्की फर्की’ हेर्न दर्शकको भीड देखिन्छ । प्रदर्शनकै दिनदेखि नै दर्शकले राम्रो साथ दिइरहेका छन् । रिलिज भएको सातौं दिनमा काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शक संख्या उच्च छ ।
दर्शकले फिल्मको कथासँगै मेकिङ क्यानभासलाई पनि उत्तिकै मनपरा मनपराइ रहेका छन् । अनमोलको कामबाट उनका समर्थकसँगै दर्शकहरु झन बढी खुशी देखिन्छन् ।
अनमोल दर्शकको प्रतिक्रिया बुझ्न हल–हल पुगिरहेका पनि छन् । दर्शकको उपस्थितिले नयाँ हौसला दिएको अनमोलको प्रतिक्रिया छ ।
यसैबीच अनमोलकी आमा सुस्मिताले पनि भारतबाट आएर आफ्नो छोराको फिल्म हेरेकी छन् । छोरा अनमोलको फिल्म ‘फर्की फर्की’ हेर्न सुस्मिता आफ्नी आमासहित भारतको सिलिगुडीबाट नेपाल आएकी थिइन् । मंगलबार उनीहरूले नवलपरासीको कावासोतीको हलमा फिल्म हेरे ।
उनले आफ्नो छोराको फिल्म हेर्न मात्रै नेपाल आएकी बताइन् । उनी फिल्म हेरेर फर्की सकेकी छिन् । पछिल्लो समय सिलीगुडीमा बस्दै आएकी सुस्मिता छोराको फिल्म हेरेर खुसी भइन । उनले उसको सफलतामा रमाउनु नै मेरो लागि ठूलो कुरा हो । सबैले वाह वाह भनेपछि एक वर्ष पर्खेर युट्युबमा फिल्म हेर्न नसक्ने भएकाले तत्कालै आमालाई लिएर नेपाल आएको बताएकी छिन् ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।