७ बैशाख २०८२, आईतवार

भारत सुपर आठमा

India

भारत आईसीसी टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ । गए राति सम्पन्न खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर ८ मा प्रवेश गरेको हो ।

प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । उसले आयरल्यान्डलाई ८ विकेट र पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । यस अघि क्यानडा र पकिस्तानलाई हराएको अमेरिकाले पहिलो हार बेहोर्‍यो । नासाउ काउन्टी क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टिभन टेलरले २४ रनको योगदान दिए । भारतका अर्शदीप सिंहले ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ सफलता हात पारे ।

जवाफमा भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । ओपनर विराट कोहली गोल्डेन डक आउट भए । कप्तान रोहित शर्माले ३ रन मात्र बनाउन सके । ऋषभ पन्त १८ रनका बाहिरिए । सूर्यकुमार यादव र शिवम दुबेबीच चौथो विकेटका लागि ६५ बलमा ६७ रनको साझेदारी अविजित साझेदारी भयो । सूर्यकुमार ५० र दुबे ३१ रनमा नटआउट रहे । अमेरिकाका सौरभ नेत्रवलकरले २ तथा अली खानले १ विकेट लिए ।

टी-२० विश्वकपमा लेट ओभर रेटका कारण पहिलो पटक अमेरिकालाई ५ रन पेनाल्टी लगाइयो । यस जितसँगै भारत ३ खेलमा ३ जितसहित ३ अंक जोडेर एक खेल अगावै समूह ए बाट सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ ।