७ बैशाख २०८२, आईतवार

ईन्जिनियरिङ लाइसेन्स परिक्षामा सहभागी हुने वातावरण बनाउन आग्रह

448713693 394521639659813 2843406986910200952 n

उपत्यकाका पाँच क्याम्पसका नेविसंघ क्याम्पस इकाई समितिका सभापतिले पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परिक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका छन । पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई ईन्जिनियरिङ लाइसेन्स परिक्षामा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका हुन ।

युनिभर्सल कलेजका नेविसंघ इकाइ सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एन. सि.आई.टि कलेजका सभापति टिकेश भट्ट, ऐभरेष्ट कलेजका सभापति प्रजित अधिकारी र नेपाल ईन्जिनियरिङ्ग कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएर ध्यानकर्षण गराएका छन । उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल,पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालको ध्यानाकर्षण गराएका हुन ।

ज्ञापन पत्रमा भनिएको छ, नयाँ ईन्जिनियरिङ्ग लाईसेन्स परिक्षाको फर्म यहि मिति २०८१ असार ०७ गते सम्म तोकिएको छ । देशकै दोस्रो ठुलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्वविद्यालयको नतिजा लगत्तै प्रकाशित भएको जगजाहिर नै छ । परिक्षामा सहभागी हुन सम्पूणर् प्रक्रियाहरु पुरा गर्न समय लाग्ने गर्दछ । यो विषयलाई ध्यानै नदिई नेपाल ईन्जिनियरिङ्ग काउन्सिलले प्रकाशित गरेको निणर्य खेद जनक छ । विद्यार्थीहरुलाई परिक्षा दिनबाट वञ्चित गराउने नेपाल इन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाही हो । तसर्थ यो निणर्य सच्चाएर थप म्याद थपि विद्यार्थीलाई परिक्षा दिने अवसर दिइयोस् । हाम्रो विज्ञप्तिलाई व्यावस्था गरि २४ घण्टा भित्र उक्त निणर्य नसच्चाए नेपाल विद्यार्थी संघले नेपाल ईन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालय विरुद्द थप सर्घषका कार्यक्रम गर्न वाध्य हुनेछ ।

उपत्यकाका पाँच सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिल ईन्जिनियरिङ लाइसेन्स परिक्षामा सहभागी हुने बाताबरण मिलाउन उचित पहल गरिदिन आग्रह गरेका छन ।

नेपाल इन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाहीका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरुको भविश्य अन्योलमा पर्ने अवस्था आएपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको एन. सि.आई.टि कलेजका सभापति टिकेश भट्टले बताए । २४ घण्टाभित्र निणर्य सच्चाएर थप म्याद थपि विद्यार्थीलाई परिक्षामा भाग लिने वातावरण नबनाए नेविसंघ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी सबै सभापतिले दिए ।

image 1
image 3

    सम्बन्धित समाचार...