
युरो कप फुटबल २०२४ अन्तर्गत समूह एफको अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो । हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा उतारे पनि अन्य खेलाडी दोस्रो रोजाइका थिए । स्टार फर्वाड रोनाल्डोले जारी सिजनको युरोकपमा गोलको खाता खल्न सकेका छैनन् । दोस्रो मिनेटमा क्विचा क्भारात्क्षेलियाले गोल गर्दै जर्जियालाई सुरुवआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले अघि रहेको जर्जियाले ५७ औं मिनेटमा पेनाल्टी मार्फगत अग्रता दोब्बर गर्यो । एन्टोनियो सिल्भाले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि प्राप्त अवसरमा जर्जियस मिकाउताद्जेले गोल गरेका थिए ।
यसै समूहको अर्को खेलमा टर्कीले १० खेलाडीमा सिमित चेक गणतन्त्रलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
नकआउट चरणको समीकरण पुरा
जारी युरोकपको नकआउट चरणको समीकरण पुरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् ।
जसमा हरेक समुहका समुह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन् । जसमा समुह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् ।
त्यस्तै समुह बी बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् । त्यस्तै समुह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समुहबाट सर्बिया बाहिरिएको छ ।
त्यस्तै समुह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुदै नक आउटमा पुगेको छ । त्यसैगरी समुह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुदै नक आउटमा पुगेको छ ।
त्यस्तै समुह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहदै नक आउटमा पुगेको छ ।
अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।
त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ ।
नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन् ।