९ बैशाख २०८२, मंगलवार

कांग्रेस-एमालेले लिए १९ मन्त्रालय, बाँकी कसले पाउँला ?

Oli Deuba
फाइल फोटो

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै दुवै दल आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी बैठक बिहान ९ बजे बस्दै छ भने एमाले नेताहरू पनि आन्तरिक छलफलमा जुट्दै छन् ।

स‌ंसद्का दुई ठूला दल कांग्रेस र एमाललेले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन हिजो मध्यराति सहमति गरेका हुन् । दुई दलबीच पहिलो डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नु हुने छ भने त्यसपछि कांग्रेस सहमति देउवाको नेतृत्वमा सरकार बन्ने छ । सरकारको नेतृत्व गर्ने दलले ९ र सहयोग गर्ने दलले दश मन्त्रालय लिने सहमति पनि भएको छ ।

मध्यरातमा भएको यो सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा ३ पटक गठबन्धन फेरेका दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

दुई दलबीच कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने पनि सहमति भएको छ । कांग्रेसले गृह मन्त्रालय लिने सहमति भएको छ भने एमालेले अर्थ मन्त्रालय राख्नेछ ।

यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने छ । कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो । यस्तै दुई दलले लिएर बाँकी मन्त्रालय पनि मधेसवादी दललाई दिने संकेत गरिएको छ ।