७ बैशाख २०८२, आईतवार

पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

France Portugal

फ्रान्स युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

जर्मनीको ह्यामबर्गमा सम्पन्न क्वार्टरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। जसमा फ्रान्स ५-३ गोलअन्तरले विजयी भयो।

फ्रान्सका औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले ऊवल गरे। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

पोर्चुगललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएसँगै युरो कपको फाइनल प्रवेश गर्न फ्रान्स र स्पेन भिड्ने भएका छन्। शनिबार सम्पन्न खेलमा स्पेनले जर्मनीलाई २-१ गोलअन्तरले पराजित गरेको थियो।

यसैगरि आज हुने दुई क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।

ईङल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म २७ खेल भएको छ । जसमा ईङल्याण्डले १९ खेल जितेको छ भने स्वीजरल्याण्डले ३ खेल मात्र जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।  

इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो ।  त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । स्वीजरल्याण्डको युरोकपमा उत्कृष्ट प्रदर्शन २०२० र यहि युरोकपमा क्वाटरफाइनलसम्म पुग्नु नै रहेको छ । 

१९९६ मा पहिलो पटक युरोकप खेलेको स्वीजरल्याण्ड अहिलेसम्म ६ पटक युरोकप खेलेको छ ।