७ बैशाख २०८२, आईतवार

बाढीले घर बगाउँदा तीन बालिकाको निधन, एक बेपत्ता

landslide

रुकुमपश्चिममा बाढीले बगाउँदा ३ जनाको निधन भएको छ भने १ जना बेपत्ता भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर १२ को बगर नजिक तातोपानी खोलाको बाढीले बगाएर ३ जना बालबालिकाको ज्यान गएको छ भने, नजिकैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।

गएराति परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना बालबालिकाको ज्यान गएको र एकजना बेपत्ता भएको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

बाढीमा परेर ६ जना घाइते भएका छन् । घाइतेहरूको आठबिसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।