८ बैशाख २०८२, सोमबार

‘नम्बरी सुन’ फिल्म हेर्ने १२ जना दर्शकले सुन उपहार पाउने

Numbari Sun

फिल्म ‘नम्बरी सुन’ले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेका हुन् ।

उनले खल्ती एपबाट फिल्म ‘नम्बरी सुन’को टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सात दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने बताए ।

प्रस्तुतकर्ता खाती पेसाले सुन व्यवसायी हुन् । निर्देशक राजु गिरीले फिल्मले झण्डै ७० वर्षअघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए ।

फिल्ममा नम्रता सापकोटा, विनोद न्यौपाने, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । फिल्म साउन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।