
छोरी हुर्किइन्। एउटा वर खोज्ने भइन्। गोप्य राखे पनि वर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ।
प्रसंग हो, पूर्वयुवराज पारस शाहको। उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन्। तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ।
ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेकी। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेन्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छन्।
उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविन राईको गीत ‘गुराँशको फेदमुनी सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिमाकै अकाउण्टबाट पोष्ट भएको थियो।
फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन्। उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यको गहिरो मायामा डुबेकी हुन्।
उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो प्रेममा डुबेकी हुन । उनी आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन तर जनआस्थाले फेला पारेको छ ती प्रेमी ।
पूर्णिकाका प्रेमी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान।
वि.स. १८७१–७३ को नेपाल–अंग्रेज युद्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन । नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाल सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच बर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ द चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापा ।
पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन्, धर्म। सुशील र राजिब १३ दिने दाजुभाइ हुन्।
थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन्। सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी परेकी पूर्णिकाले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन्।
र्धम सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचविखनको काम गर्छन । प्रायः दरबारमार्ग, ठमेल, लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ ।
रमाइलो कस्तो छ भने, कतिपय डेटिङमा आमा हिमानी पनि साथ हुन्छिन् । पूर्णिक निकट एकजना साथीले जनआस्थालाई सुनाइन, ‘करिव एकबर्ष अघिको एउटा जमघटमा त हिमानी छोरीका प्रेमीसँग मजाले नाचिन, पूर्णिका ताली बजाइरहेकी थिइन ।’