९ बैशाख २०८२, मंगलवार

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

sarlahi

राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।

घरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

८० वर्षीय रायको हत्याबारे जानकारी पाउनासाथ मधेस प्रदेशका डिआईजी यज्ञ विनोद पोखरेल र सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहसहितको टोली घटना स्थल पुगेका थिए।

उनको हत्याको कारणबारे भने खुल्न नसकेको पनि बताइएको छ। घटना स्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले बताए।

    सम्बन्धित समाचार...