
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । यो संगै सुनको मुल्य प्रती तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो मात्रै ७०० रुपैयाँ बढेको सुनको मुल्य आज फेरी बढेको हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो बुधबार अहिलेसम्मकै सर्वाधिक प्रतितोला ९१ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छापावाल सुनको मूल्य भोलिपल्ट घटेको थियो।