९ बैशाख २०८२, मंगलवार

एम्बाप्पेको डेब्यू खेलमा रियाल मड्रिडलाई छैटौं पटक यूएफा सुपर कपको कीर्तिमानी उपाधि

real

रियाल मड्रिडले कीर्तिमानी छैटौं पटक यूएफा सुपर कपको उपाधि जितेको छ । फ्रेन्च स्टार केलियन एम्बाप्पेले डेब्यू खेलमा गोल गरेपछि रियालले एटलान्टालाई दुई-शून्य गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

पहिलो हाफमा २५ वर्षीय फरवार्ड एम्बाप्पेले नयाँ टिममा तालमेल मिलाउन केही संघर्ष गरे पनि ब्रेकपछि रियालले लय समात्यो । ५९ मिनेटमा फेडेरिको भाल्भर्डेले, भिनिसियस जुनियरको पासमा गोल गर्दै डेडलक तोडे ।

६८ औं मिनेटमा जुड बेलिङ्घमको पासमा एम्बाप्पेले गोल गर्दै रियाललाई दुई-शून्यले अघि बढाए । रियालका लागि एम्बाप्पेले डेब्यू खेलमा गोल गरे । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा कार्लो एन्सेलोट्टीको टोली

दुई-शून्यको जितसहित च्याम्पियन बन्यो ।

यससँगै रियालले कीर्तिमानी छैटौं पटक यूएफा सुपर कपको उपाधि जितेको छ । रियालले एसी मिलान र बार्सिलोनालाई पनि पछि पार्दै कीर्तिमान स्थापित गरेको हो । मिलान र बार्सिलोनाले ५-५ पटक यो उपाधि जितेका छन् ।

    सम्बन्धित समाचार...