
रातभरको अविरल बर्षाका कारण बाढी पहिरोमा परि सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएका छन ।
विभिन्न वडामा गरी बाढीले कम्तीमा २४ घर बगाएको, २ जनाको मृत्यु भएको र १८ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे । त्यसैगरी खागदल बजर नै बाढिले बगाएको छ । खागदलको पक्की पूल नै बगाएपछी सडक सम्पर्क टुटेको छ ।
भोटेकोशी गाउँपलिकाको वडा न ५ मा बुल्कुटे खोलामा बाढी आएर अरनिकाे राजमार्गकाे पक्कि पुल बगाएका छन् भने। एक घरका सिंगाे परिवार बेपत्ता भएका छन्।तस्विर:


वर्षाका कारण स्थानीय ठाडोखोलाहरुबाट आएको बाढीका कारण भोटेकोशी नदीको बहाव अत्याधिक बढेकाले आसपासका बजारमा सचेत र सुरक्षित रहन आग्रह गरिएको छ।


