८ बैशाख २०८२, सोमबार

सुनकोसी नदीमा हाईलक्स गाडी खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

sunkoshi

सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ ।

शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो । उक्त गाडीमा ४ जना सवार रहेका थिए ।

प्रहरीका अनुसार एक जना हामफालेर बाहिर निस्किएका छन् भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुली प्रहरीका अनुसार हाइलेक्समा सवार चार मध्ये नदीमा खस्दा तीन यात्रु वेपत्ता भएका हुन् । हामफालेर बाच्न सफल भएका भक्तपुर सुर्य बिनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

घाइते कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । सुनकोशी नदीमा खसेर वेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका वर्ष ३२ को चालक अविन बडे, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन् ।

सुनकोसीको वहाव बढी रहेकाले वेपत्ताको खोजीका लागी गोताखोरलाई सम्पर्क गरि परिचालनको तयारी भइरहेको सिन्धुली प्रहरीका प्रमख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

    सम्बन्धित समाचार...