७ बैशाख २०८२, आईतवार

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

Bus.png 2

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० भन्दा बढी घाइते भएको बताइएको छ । घाइते भएका १० जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।

    सम्बन्धित समाचार...