
इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
न्युकासल युनाइटेडको जितमा हार्भे बर्नेज र अलेजन्डर इसकले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल न्यूक्यासलका डान बर्नले आत्मघाती गोल गरेका थिए ।
यस सिजनमा यो न्यूक्यासलको दोस्रो जित हो । यो जितपछि न्यूक्यासलले ३ खेलमा ७ अंक हासिल गरेको छ । त्यस्तै टोटनह्यामको भने यस सिजनमा यो पहिलो हार हो । यो हारपछि टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ ।
यस्तै आइतबार नै भएको अर्को खेलमा चेल्सी बराबरीमा रोकिएको छ । क्रिस्टल प्यालेससँग चेल्सी १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २५औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सी खेलको ५३औं मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले गोल गरेपछि बराबरीमा रोकिएको हो ।
यो बराबरीपछि चेल्सीको ३ खेलमा ४ अंक भएको छ भने क्रिस्टल प्यालेसले भने ३ खेलमा पहिलो अंक हासिल गरेको छ ।