८ बैशाख २०८२, सोमबार

५/७ वर्षदेखी राम्ररी सुत्न सकेकी छैन ज्योती मगर

jyoti magar

गृहजिल्ला रोल्पामा रहेकी गायिका तथा मोडल ज्योती मगरले आफू विगत ५/७ वर्षदेखि राम्रोसँग सुत्न नसकेको बताएकी छिन् । फेसबुकमा स्टेटस लेखेर आफ्नाे मनाेसामाजिक समस्या व्यक्त गरेकी हुन ।

स्टेटस्मा उनले ‘बलिउड कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरे यता आफूलाई सामाजिक संजालमा केही समस्या भए आफूलाई शेयर गर्न विभिन्न व्यक्तिले आग्रह गरेको’ बताएकी छन् ।

सामाजिक सञ्जालमा चलिरहेको बहसलाई औँल्याउँदै मगरले आफूलाई यो विषयमा आगाडिदेखि नै बोल्न मन भएको भए पनि यसको संवेदनशीलतालाई नबुझ्ने डर भएको बताएकी छन्।

तर, आफूसँग भन्ने कुरा धेरै भए पनि भन्न सकेको उनको भनाइ छ । ‘मलाई पनि धेरै कुरा भन्न मन छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन् । तर, म भन्न सकिरहेको छैन कतै मेरो समस्या ‘शिल्पा पोख्रेल’ को कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने ?’

https://www.facebook.com/jyoti.magar.5059/posts/954707751643857

    सम्बन्धित समाचार...