७ बैशाख २०८२, आईतवार

सौर्य एयरको विमान दुर्घटना तौलको असन्तुलन र गतिको कारण हुनसक्ने जाँचबुझ आयोगको प्रारम्भिक अनुमान

biman accident

त्रिभुवन विमानस्थलभित्रै गत साउन ९ गते भएको सौर्य एयरको विमान दुर्घटना तौलको असन्तुलन तथा टेकअफको समयमा धावन मार्गमा अपनाउनु पर्ने गतिको कमीका कारण भएको हुन सक्ने जाँचबुझ आयोगको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

गत साउन ९ गते सी-चेकका लागि पोखरा उडेको केही बेरमै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित ५ सदस्यीय जाँच आयोगले बिहीबार पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।