८ बैशाख २०८२, सोमबार

नेपाली फुटबलर लाकेन लिम्बू भारतीय आई लिग टिम दिल्ली एफसीमा अनुबन्धित

loken

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू भारतीय आई लिगको टिम दिल्ली एफसीमा अनुबन्धित भएका छन् ।

आई लिग क्लब दिल्लीले सामाजिक सञ्जाल मार्फत २२ वर्षीय मिडिफिल्डर लाकेनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । सिंगापुरबाट फुटबल खेल्न नेपाल आएका लाकेनले ए डिभिजन क्लब थ्री स्टारबाट व्यवसायिक फुटबल सुरू गरेका थिए ।

२०२१ पछि उनी थ्री स्टारमा समेल भएका थिए । नेपालका लागि १२ अन्तर्राष्ट्रिय क्याप जितेका लाकेनले थ्री स्टारका लागि ३४ खेलमा ३ गोल गरेका छन् । नेपाल सुपर लिगमा झापा एफसीबाट खेलेका उनले मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबाट पनि व्यावसायीक फुटबल खेलेका छन् ।

    सम्बन्धित समाचार...