८ बैशाख २०८२, सोमबार

राम भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ, : प्रधानमन्त्री ओली (भिडियो सहित)

Kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाई छ। उनले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं ।

https://www.facebook.com/nepalghatana/videos/601912317103511/

प्रधानमन्त्री ओलीले अघि भनेका छन् । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’

भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्। थाहा हुन सम्भव थिएन्। नजिकै पर्थो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरी एक हमला माथि अर्को।’

अयोध्या ठोरीमै भएको तर्क गर्दै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्‍याइदिए, फर्किए ।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो शृखलाले निरन्तरता पाउन नसकेको बताए। आजै हिमवत्खण्ड कला साहित्य सम्मीलन २०७५ स्मारिका समेत विमाचन गरिएको छ।

यसो भन्दा आफूमाथि विद्धानहरुले हमला गर्न सक्ने उनले बताए ।