७ बैशाख २०८२, आईतवार

विश्वकप छनौट: बराबरीमा रोकिए ब्राजिल र उरुग्वे

Uruguay Brazil

ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनौटमा उरुग्वेसँग बराबरीमा रोकिएको छ ।

बुधबार बिहान सम्पन्न खेलमा ब्राजिल र उरुग्वे १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औ मिनेटमा फेडेरिको भलभेर्डेले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राजिलका लागि खेलको ६२औं मिनेटमा गेर्सनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि ब्राजिलको १२ खेलमा १८ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै उरुग्वेको १२ खेलमा २० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी

अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा पेरुलाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । मार्टिनेजले सो गोल लियोनेल मेसीको असिस्टमा गरेका थिए ।

यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै पेरुको भने १२ खेलमा केवल ७ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ ।

    सम्बन्धित समाचार...