८ बैशाख २०८२, सोमबार

मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारीको बयानः मसँगै जापान गएका तीनै जना चिन्दिनँ

lila ballav adhikari

मानव तस्करीको आरोप लागेर प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले आफूसँग जापान गएका तीन जनालाई नै नचिन्ने जवाफ दिएका छन् । विराटनगरबाट पक्राउ परेका अधिकारी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अनुसन्धान अधिकारीहरुले उनको बयानसमेत सकाएकमा छन् ।

बयानका क्रममा अधिकारीले मानव बेचविखानको सम्बन्धमा आफू अनभिज्ञ रहेको बताएका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार उनले आफूसँगै जापान गएका दावा शेर्पा, जनक राई र कञ्चन देवकोटालाई समेत नचिन्ने बताएका छन् ।

शेर्पा, राई र देवकोटा हङ्कङ ट्रान्जिटको क्रममा एउटै भ्रमण टोलीमा रहेको जानकारी गराएको र आफूलाई शंका लागेको उनको बयान छ । त्यसपछि जापानको अध्यागमन विभागलाई आफैंले उनीहरुसहितलाई डिपोर्ट गरिदिन आग्रह गरेको उनको भनाइ छ ।

    सम्बन्धित समाचार...